काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक जारी रहेको हो । बैठकमा सरकारको गतिविधि, कामकारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
साथै, गभर्नर नियुक्तिको विषयमा भइरहेको ढिलाइको बारेमा पनि बैठकमा छलफल हुने छ । गभर्नर नियुक्ति ढिलाइ भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच खटपटसमेत सुरु भएको बताइको छ । नेपाल राष्ट्र बैंक एक महिनाभन्दा बढी समयदेखि गभर्नरविहीन छ ।
कानुनतः गभर्नरको कार्यकाल सकिनु एक महिना अघि नै नयाँ गभर्नर नियुक्ति गरिसक्नुपर्ने छ । तर, निर्वतमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको एक महिना बितिसक्दा पनि सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । देउवा–ओलीबीच कांग्रेसले सिफारिस गरेको व्यक्ति गभर्नर नियुक्ति गर्ने सहमति भएको बताइएको छ ।
देउवाले डा.गुणाकर भट्टलाई गभर्नरको लागि सिफारिस गरेको भए पनि उनको राजीनामा स्वीकृत नहुँदा र अदालतमा मुद्दा विचाराधीन हुँदा समस्या भइरहेको छ । File Photo/RN




प्रतिक्रिया