काठमाडौं, २६ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा बसेको पदाधिकारी बैठक भर्खरै सम्पन्न भएको हो । बैठकले समसामयिक राजनीतिक विषयमा छलफल गरेको थियो ।
आजको बैठकले भारत–पाकिस्तानवबीच बढ्दो तनावको विषयमा पनि छलफल गरेको थियो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको प्रतिक्रिया दिए । आतंकवादको विरुद्धमा भएको कारबाहीलाई कांग्रेसले जायज ठानेको छ । उनले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताए ।
‘भारत र पाकिस्तानको बीचमा द्वन्द्व चर्केको छ । भारतको पहलगाममा जुन आतङ्कवादी आक्रमण भएर मारिए । त्यसको कांग्रेसले कडा शब्दमा निन्दा पनि गर्यो । हामी जहिले पनि आतङ्कवादको खिलाफमा छौं । आतङ्कवादको खिलाफमा हुने कारबाहीलाई हामी जायज ठान्छौं । आतङ्कवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौं । अहिले युद्धको स्थिति सिर्जना भएको छ । यो चाहीँ युद्धको रुपमा परिणत नहोस्, चाँडै शान्ति बहाल होस् भन्ने हामी चाहन्छौं । तर, हामी जहिले पनि आतङ्कवादको खिलाफमा छौं । आतङ्कवादलाई निरुत्साहित गर्ने तर्फ हामी सचेत छौं, हामीले त्यही निष्कर्ष निकालेका छौं,’– बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले एमालेसँगको सहमतिमा चाँडै गभर्नर नियुक्ती हुने विश्वास दिलाएको पनि प्रवक्ता महतले जानकारी दिए । सभापति देउवाले सहमतिबाट नै गभर्नर नियुक्ती हुने र उच्च व्यवसायिक व्यक्तित्वलाई अघि सार्ने कुरा गरेको महतले सुनाए । file photo




प्रतिक्रिया