काठमाडौं, २६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले वर्तमान सरकार नै व्यवस्थाविरोधी शक्तिको पक्षमा उभिएको हो कि भन्ने तरिकाबाट बहस सुरु भएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यही व्यवस्थाको आधारमा संसद् छिरेकाहरुले यही व्यवस्थाको विरोध गर्दासमेत सरकार नबोल्नुले शंका उब्जिएको बताएका हुन् । यसरी व्यवस्था माथि नै प्रश्न उठ्दा सरकार मौन रहनु पछाडिको कारण आफूहरुले थाहा पाउन नसकेको उनले बताए ।
‘यही व्यवस्थालाई स्वीकार गरेर संसद् प्रवेश गरेर यही व्यवस्थाको विरुद्धमा बोल्न पाइन्छ कि पाइँदैन ? यो गम्भीर विषय हो । सडकमा त ठीक छ– आफ्ना कुरा राख्लान् । तर, यो देशकै सर्वोच्च निकाय संसद् हो । संसद्भित्रै व्यवस्थाकाृे विरुद्धमा धावा बोलिरहेका छन् । त्यति हुँदाहुँदै पनि सरकार मौन भएर बसिरहेको छ । मौन हुनुको पछाडिको कारण के हो ? सरकार पनि कहीँ न कहीँ, कतै न कतै व्यवस्थाविरोधी शक्तिहरुलाई नै सफोर्ट गरिरहेको छ कि ? भन्ने कुराको पनि अहिले आम जनतामा र राजनीतिक विश्लेषणहरुमा नयाँ बहस सुरु भएको छ,’– उनले भने ।
यस्तो अवस्थामा प्रतिपक्षको पनि सहयोग लिएर व्यवस्थाको पक्षमा कसरी अगाडि जाने भनेर संवाद गर्न कांग्रेस–एमाले तयार नै नभएको उनको दाबी छ । नेता शाहीले आफूहरुले गर्नुपर्ने सहयोग के हो भन्नसमेत सरकार मौन रहेको बताए ।




प्रतिक्रिया