काठमाडौं, २६ बैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले शक्तिशाली सरकारले गभर्नर नियुक्ती गर्न नसकेकोमा आलोचना गरेका छन् । उनले कांग्रेस र एमालेको घरझगडाले अहिलेसम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले गभर्नर नियुक्तीमा भएको ढिलाईले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको पन बताए । उनले भने,‘लथालुङ देशको भताभुङ चाला भन्छन्, आज त्यही भैरहेको छ । एउटा जाबो गभर्नर नियुक्ती गर्न यो सरकारले सकेन ।’
उनले कांग्रेस र एमाले दुवै दललाई अहिले राष्ट्र बैंकको नेतृत्वमा आफ्नो कार्यकर्ता पुर्याउने होडबाजी चलेको आरोप लगाए । उनले नेपाल कार्यकर्ताहरुको मात्रै देश हो कि नेपालीहरुको देश हो ? भन्दै प्रश्न गरे । उनले भने,‘के यहाँ मेरिटोक्रेसी चाहिँदैन ? यस्तो तरिकाले देश चल्छ ?’




प्रतिक्रिया