जनमत र नाउपाको एकता सरेको कि टरेको ? यसो भन्छिन् रञ्जिता…


काठमाडौं, २६ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै एकता हुने बताएकी छन् । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थगित भएको एकता प्रक्रिया छिट्टै टुङ्गिने बताएकी हुन् । उनले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको व्यवस्तताको कारण एकता घोषणाको नयाँ मिति सार्वजनिक नगरिएको बताईन् ।

उनले आफूहरुले कांग्रेस–एमाले गठबन्धन सरकारलाई लिएको समर्थन फिर्ता नलिने र सरकारबाट पनि नबाहिरिने बताईन् । रेशम चौधरीको गैरकानुनी गिरफ्तारीको बारेमा गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिइसकेको भन्दै उनले अहिले सरकार छाड्ने र समर्थन फिर्ता लिनुपर्ने कुनै कारण नरहेको बताईन् ।