सम्पादकहरूसँगको अन्तरक्रियामा भारतीय राजदूतले भने : आतंकवादविरुद्धको हाम्रो कदममा नेपालको पूर्ण साथ पायौं


काठमाडौं, २६ बैशाख । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आतंकवादविरुद्ध भारत सरकारले चालेको कदममा नेपाल सरकार र यहाँका राजनीतिक दलहरुबाट पूर्ण साथ र सहयोग पाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

मूलधारका मिडियाका सम्पादकहरु र विदेश सम्बन्ध हेर्ने पत्रकारहरुसँगको अन्तरक्रियामा राजदूत श्रीवास्तवले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले पहलगाममा भएको आतंकवादी हमलालगत्तै नेपालबाट प्राप्त समर्थन र भारतको दुःखमा दिएको साथको उच्च प्रशंसा गरे ।

सो क्रममा उनले आफूले नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसँग भेटेको र सबैले आतंकवादविरुद्ध भारतले चालेको कदमको खुलेर प्रशंसा गरेको पनि सुनाए । नेपाल सरकारबाट जारी प्रेस वक्तव्य, प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई र यहाँका राजनीति दलहरुले सार्वजनिक गरेको धारणाप्रति भारत कृतज्ञ रहेको उनको भनाई छ । सो क्रममा उनले सार्क १० वर्षदेखि निश्क्रिय रहेको पनि टिप्पणी गरे । file photo