नेपाललाई भारत–पाकिस्तान युद्धको दर्शक बन्ने छुट छैन : विश्वप्रकाश शर्मा


काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत–पाकिस्तानबीच बढ्दो तनावबारे नेपालले साझा राष्ट्रिय अभिममत निर्माण गर्नुपर्ने धारणा राखेका छन् । शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा भारत र पाकिस्तानमा हजारौं नेपाली अध्ययन, श्रम र व्यवसायमा रहेकोले उनीहरुको रक्षामा नेपालको पहिलो ध्यान पुग्नुपर्नेमा जोड दिएका छन् ।

जोखिम क्षेत्रका लागि सूचना र सम्पर्क नेटवर्क स्थापित गर्दै काठमाडौं, दिल्ली र इस्लामवादमा सरकारले रेस्क्यु डेस्क निर्माण गर्नुपर्नेमापनि उनले सरकारलाई सुझाव दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब सर्वदलीय छलफल बोलाउनसमेत आग्रह गरेका छन् ।

यस्तो छ शर्माको पछिल्लो धारणा