मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु


नवलपरासी, वैशाख २८ । कावासोती नगरपालिका–१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ । मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका– ११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।