काठमाडौँ, २८ वैशाख । नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिकाको पांचौ अधिवेशन सम्पन्न भएको छ ।
नेपाल तरुण दल सिन्धुपाल्चोकको अध्यक्ष संजय लामाको प्रमुख आतिथ्यमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट चौतारा नगरपालिकाको अध्यक्षमा अमिर तामाङ लगायतको कार्यसमिती निर्वाचित भएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष लामाले नेपाल तरुण दल पाँचौ अधिवेशन उन्मुख भएको र लोकतन्त्रलाई बलियो बनाउन तरुणहरुले प्रभावकारी भुमिका खेल्नुपर्ने कुरा बताए ।अध्यक्ष लामाले तरुण दल क्लब नभएर पार्टिको मेरुदण्डहो भनी उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस जुगल गाउँपालिकाको सभपाती सगुन श्रेष्ठ ,नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष
जित बहादुर थिङ , नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नं.२ को अध्यक्ष अनिल कुमार स्याङ्बो लगायत नेताहरु विशेष अतिथिको रुपमा उपस्थित थिए ।
अधिवेशन कार्यक्रममा नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको ,क्षेत्र ,प्रदेश र इकाई कार्यसमितिको पदाधिकारिसहित बाक्लो तरुण कार्यकर्ताको उपस्थिती रहेको थियो ।




प्रतिक्रिया