अहिलेको व्यवस्था गणतन्त्र नै उत्कृष्ट व्यवस्था हो, नबुझेकाले गाली गर्छन् : लोकराज बराल (भिडिओसहित)


काठमाडौं, २८ बैशाख । वरिष्ठ कुटनीतिज्ञ प्रा.डा. लोकराज बरालले अहिलेको व्यवस्थालाई गाली गरेर केहीपनि नहुने भन्दै व्यवस्थाको बचाउ गरेका छन् । उनले आफूले नेपालमा सबैखाले व्यवस्था हेरेको र भोगेको भन्दै सबभन्दा उत्कृष्ट शासन व्यवस्था नै अहिलेको गणतान्त्रिक व्यवस्था भएको दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेको शासन व्यवस्था गणतन्त्र नै सबभन्दा उत्कृष्ट रहेको दबाी गरेका हुन् । जनताले आँफै संविधान लेखेको र जनता सार्वभौम भएकोले यही व्यवस्था नै राम्रो भएको बरालको भनाई छ ।

उनले नबुझ्नेहरुले अहिलेको व्यवस्थालाई गाली गरेको भन्दै असहमति जनाए । उनले भने,‘व्यवस्थालाई गाली गरेर के हुन्छ ? मान्छे भन्नुहोस वा पात्र ठिक छैनन् ? नेताहरु ठीक छैनन भने उनीहरुलाई ठीक ठाउँमा राख्ने हो । जनताले उत्तरदायी बनाउने काम गर्नुपर्छ ।’

उनले अहिलेको प्रणालीभन्दापनि काम गर्ने नेताहरु र व्यक्तिहरु खराब भएको आरोप लगाए । उनले दक्षिण एशियामा नेपाल धेरै राम्रो देश भएको चित्रण गरे । अहिलेको व्यस्थाको कारण जनताले उन्मुक्ति (लिवरेशन अफ माईण्ड) पाएको पनि उनको तर्क छ । अहिले देशमा विकासपनि भैरहेको बरालको दाबी छ ।