काठमाडौं, २८ बैशाख । जनता प्रगतिशील पार्टी (नेपाल) का अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले संघीय लोकतान्त्रिक मोर्चाको पहिलो बैठक आगामी जेठ १ गते बस्ने जनाएका छन् । त्रिपाठीले बैठक लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बस्ने जानकारी दिए ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो जानकारी गराएका हुन् । अब बस्ने बैठकले कसरी अघि बढ्ने भन्नेबारे कार्यक्रम सार्वजनिक गर्नेछ । मोर्चाको परिकल्पना उनै नेता त्रिपाठी हुन् ।




प्रतिक्रिया