काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्दै गएको बताएका छन् । लुम्बिनीमा आयोजित २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढेको बताएका हुन् । विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्ने उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले विश्वमा बढ्दै गएका अहिंसा, अशान्ति र द्वन्द्वलाई बुद्धको शान्ति, करुणा र मानवताको उपदेशबाट रोक्न सक्ने बताए । बुद्धको शान्ति सन्देश हरेक व्यक्ति परिवार, समाज र देशका लागि जरुरी रहेको प्रधानमन्त्री अोलीले बताए । ‘विश्वका बढेको अशान्तिलाई पनि यहाँबाट सन्देश दिन जरुरी छ । मुख्य कुरा शान्तिको सन्देशलाई, मुख्य उपदेशहरू, आदर्शहरूलाई समाउन जरुरी छ,’– प्रधानमन्त्री ओलीले भने ।




प्रतिक्रिया