काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । मोदीले आज साँझ ८ बजे देशवासीको नाममा सम्बोधन गर्न लागेको जनाईएको छ । भारत र पाकिस्तानबीचको पछिल्लो तनाव र अहिले युद्धविरामपछिको अवस्थाबारे प्रधानमन्त्री मोदीले ब्रिफिङ गर्ने भएका हुन् ।
भारतको पहलगाममा गत अप्रिल २२ मा आतंकवादी हमला भएको थियो । उक्त हमलामा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको थियो । आतंकवादी हमलाको बदलामा हालै भारतले सैन्य कारबाही गरेको थियो । दुई देशबीच तनाव बढ्दै गएपछि अमेरिकाको मध्यस्ततामा युद्धविराम भएको हो । file photo




प्रतिक्रिया