लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिईन् पदबाट राजीनामा, जनताको करबाट पारिश्रमिक लिनु उपयुक्त नरहेको प्रष्टोक्ति


काठमाडौं, ३० वैशाख । जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले प्रदेश सभाका सभामुखलाई राजीनामा पत्र लेखेर पठाएकी छन् ।

जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको गुरुङले उल्लेख गरेकी छन् ।

‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु,’– उनले लेखेको पत्रमा भनिएको छ ।

जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको बताइएको छ ।