काठमाडौं, ३० वैशाख । जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभा सदस्य बनेकी गीता गुरुङले राजीनामा दिएकी छन् । जनमतबाट समानुपातिक सांसद बनेकी गुरुङले बेलायतबाट राजीनामा पठाएको पाइएको छ । उनी केही समयदेखि बेलायतमै रहेको बताइएको छ । आज (मंगलबार) सार्वजनिक भएको उनको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ ।
‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु,’– उनले लेखेको पत्रमा भनिएको छ ।
तर, वास्तविकता त्यसो नभएर उनी लामो समयदेखि बेलायतमा रहेको र अब उतै बस्ने मनस्थिति बनेपछि राजीनामा पठाएको स्रोतले बतायो । त्यस्तै, उनका श्रीमान कैलाश गुरुङ केही समयअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकोसमेत खुलेको छ । सांसद गुरुङको संसदीय भूमिकामाथि जनमतले बेलाबेलामा प्रश्नसमेत उठाइरहेको अवस्थामा उनले राजीनामा पठाएकी हुन् ।




प्रतिक्रिया