आफूहरुको आन्दोलनलाई दमन नगर्न कमल थापाको चेतावनी


काठमाडौं, ३० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ बाट सुरु हुने आफूहरुको आन्दोलनमाथि दमन नगर्न सरकारसमक्ष आग्रह गरेका छन् । उनले आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे ।

आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले राजावादीहरुको आन्दोलनलाई गलत ढंगले प्रचार गर्न खोजिएकोमा भने आपत्ति जनाए ।

थापाले भने,‘आन्दोलन शान्तिपूर्ण हुन्छ । हामी भ्रष्टाचार, कुशासन,बेरोजगारी, योजनाबद्ध भइरहेको धर्मपरिवर्तनको विरुद्धमा छौँ, हामी देशको समृद्धि र प्रगती चाहन्छौं, राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’