राजेन्द्र खनालले आफूलाई बन्धक बनाएर फिरौती मागेको प्रा.डा.बगालेको आरोप


काठमाडौं, ३० वैशाख । प्रा.डा.मोजराज बगालेले राजेन्द्र खनालले आफूलाई अपहरण गरी फिरौती मागेको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले दमौलिको दुनाटपरी होटलमा आफूलाई बन्धक बनाएर खनालले फिरौती मागेको आरोप लगाएका हुन् । गत वैशाख २७ गते राति उक्त घटना घटेको उनले बताए ।

‘म पोखरा जोन काम थियो । राजेन्द्र खनाल भन्ने मान्छे म पनि जान्छु दाई भन्नुभयो । मलाई एक दुई चोटी उहाँले भट्नु भएको थियो । त्यस्तो शालिन मान्छेले यस्तो गर्लान् भन्ने सोचेकको थिइनँ । उहाँले पोखरा बसौं भन्नु भएको थियो । होइन यहाँ नबस्ने भनेर हामी दमौली आयौं । हामी दमौलीको दुनाटपरी होटलमा बस्यौं । एउटै कोठमा हामी बस्यौं,’– उनले भने ।

उनले आफूसँग खनालले फिरौती मागेको र हातपातसमेत गरेको बताए । खनालले हातपात गर्दा आफ्नो शरीरमा चोटपटकसमेत लागेको उनले बताए । खनाल अहिले प्रहरी चौकी दमौलीमा थुनामा रहेको पनि उनले बताए । उसले मलाई घाँटी समातेर, घाउ पनि छ । उसले मेरो कपडासमेत च्यातिदिएको छ । उनले मलाई नाङ्गै बनाएको फोटो पनि खिचेको छ,’– उनले भने ।

साथै, उक्त घटनाको अनुसन्धानमा प्रहरीले खास्सै चासो नदिएको उनले बताए ।