काठमाडौं, वैशाख ३१ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हँदै सञ्चालनमा आएका छन् ।
सोमबार राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । पुल भाँचिएपछि रोकिएका सवारी साधन अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीका प्रमुख प्रहरी उपरीक यादब ढकालले बताए ।
पश्चिमतर्फ छुटेका सवारीहरु चोरमारा बजारबाट दक्षिणतर्फ लागी तम्सरिया गाउँ हुँदै खोला तरि रानिटारबाट फुलबारी– भिउरान हुँदै अरुणखोलास्थित राजमार्ग निस्किरहेका छन् । खोलामा पानी नभएका कारण सवारीहरु वैकल्पिक बाटोबाट सञ्चालनमा समस्या नभएको प्रहरी प्रमुख ढकालले बताए।
पश्चिमबाट पूर्वका लागि छुटेका सवारीहरु चोरमारास्थित फुलबारीबाट दक्षिणतर्फ लागी रानिटार, तम्सरिया गाउँ हुँदै चोरमारा स्थित राजमार्गमा निस्कन सक्ने उनको भनाई छ । ठूला लरीहरु भने मोड नपुग्ने कारण उक्त बाटोबाट सञ्चालनमा रोक लगाइएको छ । भाँचिएको पुलबाट समेत पूर्ण रुपमा सवारी आवत जावत गर्न रोक लगाइएको छ ।
पुल तत्काल सञ्चालन हुने सम्भावना नभएको प्रहरीले जनाएको छ । सोमबार राति १८ चक्के टेलर किलिङ्गर बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जाँदै गरेको ट्रक पुलबाट पार गर्दै गर्दा पुल भाँचिएको हो ।




प्रतिक्रिया