काठमाडौं, १ जेठ । मन्त्रिपरिषदको बैठकका पछिल्ला बैठकहरु (बैशाख २५ गते र बैशाख ३१) ले लिएका निर्णयहरु सार्वजनिक भएका छन् । दुई वटा बैठकमा विभिन्न २२ वटा निर्णय भएका छन् । जसमा नेपाल प्रहरीका एआईजी सुदिप गिरीलाई दुवईमा आयोजना भएको (बैशाख ३१ देखि जेठ १ गतेसम्म) वर्ल्ड पुलिस समिटिमा भाग लिन स्विकृति दिनेदेखि उर्जामन्त्री दीपक खड्काको चीन भ्रमणको स्विकृतिसम्मका निर्णय समेटिएका छन्।
यस्तै, मन्त्रिपरिषद् बैठकले झापाको दमकमा निर्माण भएको दमक भ्यूटावरलाई सञ्चालन गर्न अनुमति दिएको छ । टावर भने सशुल्क सञ्चालनको अनमुति दिएको हो । मन्त्रिपरिषद् बैठकका निर्णयमा गभर्नर नियुक्तीको लागि सिफारिश समितिलाई पूर्णता दिएको विषयपनि समावेश गरिएको छ । जहाँ अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा महाप्रसाद अधिकारी र डा. पोषनाथ पाण्डे सदस्य छन् ।
यी हुन मन्त्रिपरिषद् बैठकका निर्णयहरु :





प्रतिक्रिया