काठमाडौं, २ जेठ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले टेरामक्स प्रविधि खरिद प्रकरणको फाइल खोलेर नेपाली कांग्रेसका नेता मोहन बस्नेतमाथि सरकारले प्रतिशोध साँधेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई बलीको बोको बनाइएको जस्तै टेरामक्समा बस्नेतमाथि प्रतिशोध साँधिएको बताएका हुन् ।
‘यिनीहरु मौसमी छन् । जसलाई रिस उठ्यो त्यतिबेर फायल खोल्ने गरेको जस्तो चाहीँ हामीलाई अनुभूति हुन्छ । मलाई त यो प्रतिशोधपूर्णजस्तो मात्रै लाग्छ । त्यत्रो विषय होजस्तो लाग्दैन । मेरो विचारमा यो प्रतिशोध हुनुपर्छ । कृष्णबहादुर महरा, टोपबहादुर रायमाझीलाई बलीको बोके बनाइयो । निवर्तमान गृहमन्त्री बालद हुनुपर्ने, बाहल गृहमन्त्री बालकृष्ण हुनुपर्नेमा पर्यो टोपबहादुर,’– उनले भने ।
टेरामक् खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँग बस्नेतको सांसद पदसमेत निलम्बित भएको छ ।




प्रतिक्रिया