काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । बैठक भोलि (शनिबार) दिउँसो ३ बजे बस्नेगरि बोलाएको जनाईएको छ। बैठकमा समसामयिक राजनीतिक विषय र आगामी बजेटकेन्द्रित छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
पार्टीका सांसद मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दा दर्ता भएपछि सांसदबाट निलम्बित भएको अवस्थामा त्यस विषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन् । बस्नेतविरुद्ध हिजोमात्रै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दा दायरसँगै उनको सांसद पद निलम्बनमा परेको छ । file photo




प्रतिक्रिया