रविन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी


काठमाडौं, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको तर्फबाट उनीकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ जारी रहेको छ । आज (शुक्रबार० सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो ।

गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले प्रदर्शन गरेको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले नीजी भवन, व्यवसायिक भवन र सार्वजनिक सम्पत्ति तोडफोट, आगजनी र लुटपाट गरेका थिए । सोही दिन बेलुका प्रक्राउ परेका मिश्र अझै थुनामा छन् ।

मिश्रलाई बिहीबार इजलासमा सशरीर उपस्थित गराइएको थियो । प्रतिशोध साँधेर मिश्रलाई गैरकानुनी थुनामा राखेको रिट निवेदकको जिकिर छ ।