काठमाडौं, २ जेठ । नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले १६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विद्येयकमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो सुझाव दिएका हुन् । उनले एकातिर योजना बनाउने र अर्कोतर्फ काम गर्दा लक्ष्यमा पुग्न नसकिने बताए । उनले मानव सूचांकको आधारमा बजेट विनियोजन गरिनुपर्ने सुझाव दिए ।
उनले मधेश प्रदेश शिक्षामा सबभन्दा पछि परेको र गरिबीमा कर्णालीपछि दोस्रोमा पनि मधेश प्रदेश नै परेकोले मानव विकास सूचांकको आधारमा बजेट छुट्याउनुपर्ने माग गरे । उनले मधेशलाई सामाजिक र आर्थिक रुपमा रुपान्तरण गर्न आवश्यक रहेको औंल्याए ।
उनले जनतालाई आशा जगाउने र विश्वास लिनसक्ने नीति तथा कार्यक्रम अख्यितयार गरिनुपर्नेपनि उठाए । उनले नेपाललाई तरकारी तथा फलफूल र अन्न बालीमा आत्मनिर्भर बनाउन सकिने सुनाए । सुनकोशी–मरिन डाईभर्सनजस्तै अब सुनकोशी–कमला डाईभर्सन योजनापनि अघि बढाउनुपर्ने उनको माग छ ।




प्रतिक्रिया