काठमाडौं, २ जेठ । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले राजीनामा संकास्पद देखिएको भन्दै स्वीकृत गर्न नमानेका हुन् ।
जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताका अनुसार सांसद गुरुङले प्रदेशसभा सचिवालयको इमेलमा राजीनामा पठाएकी थिईन् । तर, सांसद गुरुङले सभामुखलाई गरेको सम्बोधन, राजीनामा पत्रमा भएको हस्ताक्षर र प्रदेशसभा सचिवालयको रेकर्डमा रहेको हस्ताक्षरको हिज्जेमा देखिएको फरक र कुन पदबाट राजीनामा दिन खोजेको हो भन्ने स्पष्ट नखुलेको कारण राजीनामा स्वीकृत गर्न नसकिएको बताइएको छ ।
जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता गुप्ताका अनुसार सभामुख घर्तिमगरले सांसद गुरुङको राजीनामा स्वीकृतिका लागि दुई विकल्प थिएका छन् । पहिलो विकल्प उनी आफैं उपस्थित भएर राजीनामा बुझाउनुपर्ने र दोस्रो विकल्पमा पार्टी केन्द्रीय कार्यालयको बैठकबाट कारबाहीको निर्णय स्वीकृत गराएर ल्याउन सभामुखले भनेका छन् ।
‘सभामुखले भन्नुभएको छ– उहाँको इमेलबाट आएको पत्रमा धेरै कुराहरु मिस्टेक छ । उहाँ स्वयं उपस्थित भएर राजीनामा दिनुपर्यो या त पार्टीको केन्द्रीय कार्यालयबाट कारबाही गरेको पत्र ल्याउनुपर्यो भन्नु भएको छ । आज साँझ म पार्टीमा कुरा राख्छु । अनि अरु कुरा भन्न सकिन्छ,’– उनले भने ।




प्रतिक्रिया