सरकारले भूमाफियाको स्वार्थमा भूमिसम्बन्धी विद्येयक ल्याएको उपेन्द्रको आरोप, सडक र सदनबाट सशक्त विरोध गर्ने


काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले वन र भूमि सक्नेखालका भूमाफियाका स्वार्थअनुकुल हुने प्रावधान राखेर भूमिसम्बन्धी विद्येयक ल्याएको भन्दै विरोध गरेका छन् ।

यसअघिपनि भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमा नभएकोले आफूले विरोध गरेको यादवले स्मरण गराएका छन् । यादवले आफ्नो फेशबुक पेजमा लेखेका छन्–‘भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमा थिएन, त्यसैले हामीले विरोध गरेका थियौं । अहिले फेरि वन र भूमि सक्नेखालका भूमाफियाको स्वार्थअनुकुल हुनेगरि तिनै प्रावधान राखेर सरकारले भूमिसम्बन्धी विद्येयक ल्याएको छ, सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्दछौं ।’