खानेपानी मन्त्री यादवसँग मेयर दाहालको भेट, खानेपानी र ढल व्यवस्थानबारे यस्तो माग


काठमाडौं, २ जेठ । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले खानेपानीमन्त्री प्रदीप यादवसँग भेटवार्ता गरेकी छिन् ।

सिंहदबारस्थित् मन्त्रालयमा पुगेर मेयर दाहालले मन्त्री यादवसँग भेटेर भरतपुरको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि विस्तृत परियोजना (डिपिआर) समेत तयार भएको र सो सन्दर्भमा आर्थिक वर्ष २०८२/०८३ को योजनामा समावेश गरि कार्यान्वयन प्रक्रिया अगाडि बढाउन माग गरेकी छिन् ।

उनले यो माग पूरा भए भरतपुरको डुबानको र ढल व्यवस्थापनको समस्या समाधान भई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेकीछिन् । यसअघि उनले अर्थमनत्री विष्णु पौडेलसँग पनि भेटवार्ता गरेकी थिईन् ।