माधव नेपालद्वारा मदन-आश्रित हत्या प्रकरण छानविनको माग


काठमाडौँ, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रमा जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको बताएका छन् । ३२औँ मदन–आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको प्रजातान्त्रिक एवं कम्युनिष्टआन्दोलनमा नेताद्वयको योगदान अतुलनीय रहेको बताएका हुन् ।

नेता भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रयोग गरी त्यसलाई लोकप्रिय बनाएको र सिद्धान्तमा जननेता भण्डारी अडिग रहेको उनले स्मरण गरे । कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न जरुरी भएकामा उनले जोड दिए ।

अध्यक्ष नेपालले मदन–आश्रितको रहस्यमय हत्या भएको बनाउँदै सत्य तथ्य छानबिनका लागि सरकारसँग माग गरे ।