काठमाडौं, ४ बैशाख । प्राइम टिभीकी निर्देशक एवम् नायिका एलिजा गौतमले भारत उत्तराखण्डका मुख्यमन्त्री एवम् भाजपाका प्रभावशाली नेता पुष्करसिंह धामीसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणको क्रममा गौतमले मुख्यमन्त्री धामीसँग हिजो (शनिबार) मुख्यमन्त्रीको सरकारी निवासमा भेटवार्ता गरेकी हुन् ।
सो क्रममा गौतमले मुख्यमन्त्री धामीलाई नेपालको भ्रमण गर्न आग्रह गरेकी थिईन् । मुख्यमन्त्री धामीले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध रहेको र यसलाई अझै सुदृढ बनाउँदै लैजाने विश्वास दिलाएका थिए । सो अवसरमा मुख्यमन्त्री धामीले नेपाल–भारतबीचका सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धको बारेमा पनि चर्चा गरेका थिए ।
गौतमले यसअघि भाजपाका शीर्ष नेता भगतसिंह कोश्यारीसँगपनि भेट गरेकी थिईन् । उनले उत्तराखण्डकी खेलकुदमन्त्री रेखा आर्यासँग पनि भेटवार्ता गरिसकेकी छिन् । उनी आज नयाँ दिल्ली जाने भएकी छिन् । नयाँ दिल्लीमा पनि उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बुझिएको छ ।




प्रतिक्रिया