गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान


गण्डकी, ४ जेठ । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २।०० बजेदेखि सुरु हुनेगरी प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २।०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुनेगरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस