काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले केही महिना अगाडि टोखाबाट नियन्त्रणमा लिइएको ठूलो परिणामको विदेशी मुद्राको मालिक सरकारले पत्ता लगाउन नचाहेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्ता मुद्दामा ड्राइभर र कामदार पक्रिएर मालिकलाई जोगाउन नहुने बताएका हुन् ।
‘केही महिना पहिला सरकारले काठमाडौंको टोखाबाट २५ करोड बराबरको अवैध रकम समात्ने काम गर्यो । एउटा ड्राइभर र व्यापारी पक्रियो, थुन्यो । मूल त्यसको संरक्षण कसले गरेको छ र धनी को हो भनेर अहिलेसम्म पत्ता लगाउन सकेको छैन । सधैं ड्राइभर र लोडरहरुलाई थुन्ने, धनी पत्ता नलगाउने, त्यसको कनेक्सन कहाँ–कहाँ छ र को–को त्यसमा संलग्न छन्, सदनलाई जानकारी गराओस्,’– उनले भने ।
प्रहरीले टोखाबाट पक्राउ परेको २५ करोड २९ लाख ९ हजार ५ सय बराबरको पैसा कसको हो भन्नेमा सरकारले अझै भन्न सकेको छैन । उक्त ट्रक चालक फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको थियो । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । File Photo/RN




प्रतिक्रिया