गभर्नर नियुक्तिको सकसः ओली-देउवा भेट्दै


काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफलका लागि ओली–देउवाबीच भेटवार्ता हुन लागेको बताइएको छ । उनीहरुबीच आज साँझ भेटवार्ताको समय तय भइसकेको छ ।

डेढ महिना लामो अवधिदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ । कानुनतः गभर्नरको कार्यकाल सकिनु एक महिनाअगावै नयाँ नियुक्ति गरिनुपर्ने हुन्छ । तर, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको डेढ महिना भइसक्दा पनि राष्ट्र बैंकले गभर्नर पाउन सकेको छैन ।

सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिले आज नै प्रधानमन्त्रीलाई तीन जनाको नाम सिफारिस गर्ने तयारी रहेको छ । सिफारिसमा परेका तीन जनामध्येबाट सरकारले एक जनालाई गभर्नर नियुक्ति गर्नेछ । कांग्रेस सभापति देउवाले अर्थशास्त्री डा.विश्व पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरिसकेका छन् ।