काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार प्रकरणमा बालकोट र बुढानीलकण्ठलाई पनि छाड्दैन भन्ने लागेपछि आफू नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र गरिएको बताएका छन् ।
आज (सोमबार) मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत जाजरकोटमा रहेका प्रचण्डले कांग्रेस–एमालेका नेताहरु भ्रष्टाचार प्रकरणमा पक्राउ पर्ने भएपछि सरकार ढालिएको बताएका हुन् ।
‘माओवादी नेतृत्वको सरकारले बालकोट र बुढानीलकण्ठलाई पनि छोड्दैन भन्ने लागेपछि तिनीहरूले षड्यन्त्र गरे,’– प्रचण्डले भने ।




प्रतिक्रिया