प्रधानमन्त्री ओली अस्वस्थ, सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगन्


काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री अस्वस्थ भएसँगै आजको प्रतिनिधिसभामा राखिएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री नआउने भएपछि आज उक्त कार्यक्रम कार्यसूचिबाट हटाईएको छ । अहिले प्रतिनिसभाको बैठक जारी छ ।

तर, बालुवाटारमा भने प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विहान भएको भेटमा नेपाल राष्ट्र बैंकको गनर्भर नियुक्ती प्रक्रिया अघि बढाउनेबारे छलफल भएको बताईन्छ । देउवाले गभर्नरमा डा. विश्व पौडेलको नाम अघि सारेका छन् ।

तर, प्रधानमन्त्री ओलीले भने पौडेलको नाम स्विकार नगरेको बताईन्छ । गभर्नर नियुक्ती प्रक्रियामा रोकिएको कारण सभापति देउवाले एमालेसँगको सहकार्यबारे समिक्षा गर्नुपर्ने मत राख्न थालेका छन् । file photo