काठमाडौं, ६ जेठ । काठमाडौँको नयाँबानेश्वरमा रहेको इलाइट सीएले सीए पढ्ने बिद्यार्थीहरुका लागि हिजो (सोमबार) सेमिनार गरेको छ। महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सीएका कोर्सहरू, यसका फाइदाहरु, यस कोर्स पढने बोर्डहरु लगायातका विषयहरुमा बिद्यार्थीहरुलाई काउन्सेलिंग भएको थियो ।
उक्त्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका महानायक राजेश हमालले भर्खर प्लस टु दिएर बसेका बिद्यार्थी हरुलाई अहीलेको यो समय भनेको भविष्यको बाटो निर्धारण गर्ने समय भएकाले जे गर्नु छ दृढ भएर गर्नुपर्ने बताएका छन्।
उनले भने ‘‘ हामीले कुनै पनि काम दृढ इच्छा शक्तिले गर्यौं भने असम्भव हुँदैन , इच्छाशक्तिले नै मानिसलाई सफलतामा पुर्याउँछ । उनले विगतको आफ्नो चलचित्र क्षेत्रको अनुभव सुनाउँदै कसैले कोहीसँग तुलना नगरी काम गर्यो भने सन्तुष्ट मिल्छ ।”
सो कार्यक्रममा इलाइट सीएका अध्यक्ष प्रविनराज काफ्लेले मेहनत गर्यो भने जो सुकैले जुन फ्याकल्टीबाट आए पनि सीए पढ्न सकिने बताएको छन् । उनले अहिले नेपालमा नेपाल बोर्ड (आईक्यान ) र इन्डियन ओर्ड (आईसीएआई ) दुवै बोर्डको पढाई हुने बताए । सीए कोर्स कम्तीमा साँढे चार वर्षमा सकिने र पढाई सकिएपछि तुरुन्त रोजगारी पाइने र आफ्नै फर्म खोलेर काम गर्न पनि सकिने भएकाले यो कोर्ष प्रति बिद्यार्थीहरुको आकर्षण बढेको छ।
इलाइट सीए तीन वर्षअघि एक प्रतिष्ठित शैक्षिक संस्था हो, जसले वाणिज्य (Commerce) तथा व्यवस्थापन (Management) सम्बन्धी उच्चस्तरीय शिक्षा प्रदान गर्छ। यस संस्थाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, व्यावहारिक ज्ञान, तथा पेशागत सीपहरू विकास गराउन सहयोग पुर्याइरहेको छ ।




प्रतिक्रिया