गभर्नर सिफारिश समितिको बैठक सिंहदरबारमा जारी


काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नर छनौट गर्न गठित सिफारिस समितिको बैठक जारी छ । अर्थमन्त्रालयमा जारी बैठकले आज गभर्नरको नाम सिफारिश गर्ने भएको हो । समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले बैठकको अध्यक्षता गरेका छन् ।

समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषनाथ पाण्डे छन् । आजै मन्त्रिपरिषद्को बैठक बस्दैछ । त्यही बैठकले गभर्नर नियुक्त गर्ने भनिएको छ । गभर्नर डा. विश्व पौडेललाई बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भैसकेको छ ।