काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले डा. विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै पेस भएको रिटलाई दरपीठ गर्ने निर्णयलाई सदर गरेको छ। आज (मंगलबार) न्यायाधीश सपना प्रधान मल्लको इजलासले यसअघि सर्वोच्च प्रशासनले पौडेलविरूद्धको रिटलाई दरपीठ गर्ने भनेर गरेको निर्णयलाई नै सदर गरेको हो ।
आजै गभर्नर सिफारिश समितिले पौडेलको नाम गभर्नरमा सिफारिश गर्ने बुझिएको छ । अहिले सिफारिश समितिको बैठक जारी छ। आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ती गर्ने एक मन्त्रीले जानकारी दिए ।




प्रतिक्रिया