मन्त्रिपरिषद् बैठक सुरू, गभर्नरमा विश्व पौडेल नियुक्त हुँदै


काठमाडौं, ६ जेठ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने भएको छ ।

आजै गभर्नर सिफारिश समितिको बैठक बसेर लिएको निर्णयानुसार तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा पेश गरिसकेको छ ।

पहिलो नम्बरमा प्रा.डा. विश्व पौडेलको नाम छ । दोस्रोमा कामु गभर्नर निलम ढुंगाना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराईको नाम छ ।