काठमाडौं, जेठ ७ । युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली सङ्घले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाउने निर्णय गरेको छ । ब्रसेल्समा बसेको युरोपेली सङ्घका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको हो ।
नयाँ प्रतिबन्ध अन्तर्गत झण्डै २०० वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ । यी पानीजहाजहरूले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ ।
यो १७ औँ प्रतिबन्ध चरण अघिल्लो प्रतिबन्धपछि तीन महिनादेखि तयार पारिँदै आएको थियो । हालको युद्धविराम वार्ता ढिलाइसँग यसको प्रत्यक्ष सम्बन्ध नरहे पनि रुसमाथि दबाब दिनका लागि प्रभावकारी उपायका रूपमा लागू गरिएको हो । कालासका अनुसार युरोपेली सङ्घले अर्को नयाँ प्रतिबन्ध प्रस्तावमा पनि काम गरिरहेको छ ।
प्रतिक्रिया