राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची


काठमाडौं, जेठ ७ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोराको जानकारी अध्यक्ष नारायाण दाहालले गर्नेछन् । त्यसपछि पानी जहाज सञ्चालन तथा व्यवस्थापनं विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय, विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल हुनेछ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।