महिला तथा सामाजिक समिति बैठकमा विवाद, सभापति साहमाथि माइक प्रहार


काठमाडौं, ७ जेठ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति किरण कुमार साहमाथि नेकपा (माओवादी केन्द्र) कि सांसद कल्पना मियाँ कुसारीले माइक र नेमप्लेटले प्रहार गरेकी छन् ।

आज (बुधबार) बैठकको क्रममा विवाद उत्पन्न हुँदा सांसद कुसारीले सभापति साहलाई नेमप्लेट र माइकले प्रहार गरेकी हुन् ।

सांसद कुसारी बैठकमा ढिला गरी आएको र अनुमतिविना नै बोल्न थालेको भन्दै सभापति साहले आपत्ति जनाएका थिए । त्यसपछि उनीहरुबीच भनाभन भएको थियो । File Photo/RN