जनयुद्वकालीन सेल्टर रोल्पामा पुगे प्रचण्ड (फोटोफिचर)


काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा पुगेका छन् । रोल्पाको थबाङमा स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई भव्य स्वागत गरेका थिए ।

थबाङ जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टर थियो। यस्तै, रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो ।

अध्यक्ष प्रचण्डसहितकोभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको छ।