काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति देउवा भेट्न महामन्त्री थापा आज दिउँसो बुढानिलकण्ठ पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको जनाईएको छ ।
सरकारको प्रभावकारितालाई लिएर प्रश्न उठ्न थालेको विषयमा पनि थापाले सभापति देउवासँग कुरा राखेको बताईन्छ । सभापति देउवाले आफूनिकट नेताहरुसँग विहानै छलफल गरेका थिए । अहिले ४ बजेको लागि शीर्ष नेताहरुलाई बोलाएका छन् ।
एमालेसँगको सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसभित्र यतिवेला सरकारको कामकारबाहीलाई लिएर विरोध सुरु भएको छ । सांसदहरुले नै सरकारको प्रस्तुतिलाई लिएर आलोचना गर्न थालेका छन् ।




प्रतिक्रिया