काठमाडौं, ८ जेठ । मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा डेढ दर्जन सचिवहरुले निजामति विद्येयकमा राखिएको दुई वर्षे कुलिङ पिरियड हटाउनको लागि लविङ थालेका छन् । उनीहरुले आज सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेका हुन् ।
उनीहरुले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन् । देउवाले भने राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई सचिवहहरुको गुनासो सुन्न भनेका थिए ।
निजामती सेवाको उच्च ओहदाबाट अवकाश पाएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र राजनीतिक नियुक्ति नपाउने गरी ‘कुलिङ पिरियड’ राखिएको छ । त्यसमा सचिवहरुको तिव्र असन्तुष्टि छ । दुईवर्षे कुलिङ पिरियडको व्यवस्थासहितको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट यही जेठ २ गते सर्वसम्मतिले पारित भएको छ ।




प्रतिक्रिया