काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र सकारात्मक बाटोमा लगिरहेको दाबी गरेका छन् । १० महिनामा निर्यातमा किर्तीमान कायम गरिएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनामा निर्यात २ खर्ब १८ अर्बको भएको छ । जुन गत वर्षको (१० महिनाको तुलनामा) ७३ प्रतिशत वृद्धि भएको पनि प्रधानमन्त्रीले जनाएका छन् । प्रधानमन्त्रीले मेड इन नेपाल, मेड फर द वल्र्डको संज्ञा दिएका छन् ।





प्रतिक्रिया