हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध


काठमाडौं, जेठ १० । हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ गएरातिदेखि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो पानी परेर आएको बाढीले बगाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि गाडी आवतजावत बन्द छ । अहिले अवरुद्ध सडक खुलाउने पहल भइरहेको जनाईएको छ ।