काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानलेले पार्टी सभापति रवि लामिछाने नहुँदा पनि पार्टी चल्ने र महाधिवेशन हुने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा रवि धमलासँग कुराकानी गर्दै उनले सभापति रवि लामिछाने छुटे पनि र नछ्टे पनि आगामी फागुनमा महाधिवेशन हुने बताएका हन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति (रवि लामिछाने) नरहँदा पनि महाधिवेशन हुन्छ, महाधिवेशनले विभिन्न पदहरु फुलफिल गर्छ । यो देशको भाग्य भविष्य अगाडि बढाउनको लागि मार्ग निर्देशन गर्छ र गर्नुपर्छ । राजनीतिक युद्ध त अब सुरु हुन्छ,’– उनले भने ।
लामिछानेलाई थुनामै राख्ने उच्च अदालतको आदेश सदर गर्ने गरी सर्वोच्चे हिजो जारी गरेको आदेश अन्तिम नभएकार अब त्यसलाई छिटो र छरिता गरी अगाडि बढाइने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी वा वैकल्पिक राजनीतिक शक्तिको एउटा युगको अन्त्य भएको उनको ठहर छ ।
‘यो अन्तिम फैसला होइन, यो त एउटा आदेश हो । थुनामा बसेर मुद्दाको प्रक्रिया अगाडि बढ्ने भन्नेसम्मको कुरा हो । मुद्दाको प्रक्रिया छिटो र छरितो गरी अगाडि बढाउने र टुङ्ग्याउने एउटा पाटो छदैछ,’– उनले भने ।
रास्वपाको महाधिवेशन आगामी फागुनमा हुने कार्यतालिका रहेको छ । File Photo/RN




प्रतिक्रिया