काठमाडौं, १० जेठ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रास्वपालाई पूनर्गठन गर्न डिपी अर्याल र स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले उच्च अदालत तलुसीपुरको आदेश सदर गरेपछि बस्नेतले यस्तो सुझाव दिएका हुन् । उनले रास्वपा पँक्तिलाई न्यायिक प्रक्रियालाई सघाउन भनेका छन् ।
बस्नेतले फेशबुकमा लेखेका छन्–
सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको आदेश सदर गरेपछि रास्वपा सभापति रवि लामिछानेको थुनामुक्ति प्रयास असफल भएको छ। सुप्रिम, सूर्य दर्शन, स्वर्ण लक्ष्मी र साहारा चितवन सहकारी ठगी काण्डमा विभिन्न अदालतमा उनीविरुद्ध धरौटी आदेश जारी भएका छन्। सर्वोच्चले थुना गैरन्यायिक नभएको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको रिट अस्वीकार गरेको छ ।
रास्वपा साथीहरू, अब यो ‘सेटिङ्ग’ हो भनेर हल्ला गर्ने त होला त्यस्तो कच्चा काम नगरौं । न्यायिक प्रक्रियालाई सम्मान गरौँ। रास्वपाका नेताहरू डीपी अर्यालजी र स्वर्णिम वाग्लेजी, अब “भरतले रामको खराउ पूजा गरेजस्तै” चुपचाप नबस्नुहोस्। पार्टी सभापति सहकारी ठगीमा थुनामा परेका छन् । पार्टीलाई नयाँ नेतृत्वसहित पुनर्गठन गर्नुस्। अरु पार्टी र नेता लाई गाली गरेर स्टनबाजि गरेर समय खेर नफाल्नुस ।




प्रतिक्रिया