प्रधानमन्त्री, गृहमन्त्री जोसुकै भए पनि भिजिट भिसा प्रकरणमा संलग्नलाई कारबाही गरिनुपर्छः कांग्रेस नेता रसाईली


काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता प्रकाश रसाईलीले अध्यागमन भिजिट भिसा प्रकरणमा प्रमाणका आधारमा संलग्नहरुलाई कारबाही गरिनुपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सो घटनामा राजनीतिक व्यक्ति वा कर्मचारी जो भए पनि कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताएका हुन् । गृहमन्त्री रमेश लेखकको सो घटनामा कहीँकतै संलग्नता देखिएको खण्डमा उनीमाथि पनि कारबाही हुनुपर्ने उनले बताए ।

‘प्रमाणका आधारमा जे–जे, जहाँ–जहाँ, जुन–जुन व्यक्तिहरु भेटिज्छन्, ती सबै व्यक्तिहरुलाई चाहे राजनतिक व्यक्ति हन्, चाहे कर्मचारी हुन् । जुनसु्कै तहको व्यक्तिलाईै पनि कारबाही गर्न्पर्छ । कारबाहीका्े दायरामा ल्यासनुपर्छ । कहीँकतै उहाँ (रमेश लेखक) को संलग्नता देखियो भने त्यसपछिको कुरा दोस्रो कुरा हो । अहिले कसैले आरोप लगाउँदैमा हुँदैन,’– उनले भने ।

वर्तमान गृहमन्त्री लेखक आउनुभन्दा पहिला पनि एयरपोर्टमा यस्ता घटनाहरु हुन्छन् भन्ने कुरा आफूहरुले सुन्दै आएको पनि उनले स्मरण गराए । भिजिट भिसा प्रकरणमा बाहिर आएको कुरा एकदमै दुःखदायी रहेको उनले बताए । ‘साना–साना विचौलियादेखि लिएर ठूला–ठूला माफियाहरुले देशका महत्वपूर्ण पार्टहरुलाई आफ्नो कब्जामा राखेको छ भन्ने कुरा देखिन्छ । विधि प्रक्रियाले संस्था चलाउने, देश चलाउने, मन्त्रालय चलाउनुपर्छ भन्ने अहिले पनि भएको छ । जोसुकै प्रधानमन्त्री, गृहमन्त्री होस्, कहीँ न कहीँ प्रश्न चिन्ह खडा भएको छ,’– उनले भने । File Photo/RN