गृहमन्त्री लेखकले राजीनामा दिँदा जनता, देश र राजनीतिको भलो हुन्छः माओवादी नेता किराती


काठमाडौं, १० जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले गृहमन्त्री रमेश लेखकको राजीनामाले जनता, देश र राजनीतिको भलो हुने टिप्पणी गरेका छन् । उनले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिएर उच्च नैतिकताको प्रदर्शन गर्न आग्रह गरेका छन् ।

‘गृहमन्त्रीज्यू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको मानव तस्करीबारे आफूलाई नै स्वतन्त्र छानविनको माग गर्दै पद वाट राजीनामा दिएर उच्च नैतिकताको प्रदर्शन गरिदिनुहोस। त्यसैमा जनता, देश र राजनीतिको भलो हुनेछ,’– मन्त्री किरातीले भनेका छन् ।