एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा


काठमाडौं, जेठ ११ । आज नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला एमाले सचिवालय बैठक बस्न लागेको हो ।

कांग्रेसभित्रैबाट गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ । यसैबेला एमाले बैठकमा यसबारे छलफल होला कि नहोला भन्ने चासो बढेको छ ।